नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

Samajik New Add 2082

घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

Mellekh RM1
Saud Agro Kailash

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो। बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो।

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.