
सुदुूका चर्चित लाेक तथा देउडा गायक नरेन्द्र रावलले आफ्नाे पैसाका रुख छनकी बाेलकाे माैलिक देउडा दाेहाेरी गित नरेन्द्र रावल युटुब च्यानल बाट सार्वजनिक गरेका छन ।
गायक नरेन्द्र रावल, भुवन प्रशाद दाहाल र गायिका पबित्रा भण्डारी काे आवजमा सजिएकाे यस गीतमा पर्देशीका कथाबेथा समेटिएको हुदा दर्षकले निकै रुचाएका छन ।

सुदुर पश्चिमकाे ओलिगाउ, दाेधारा चाँदनी, टिकापुर पार्क, घाेडाघाेडी ताल, कर्णाली पुल जस्ता पर्यटकिय स्तलमा छायांकन गरिएको यस गीतकाे निर्देशन सुरेन्द्र संगमले गरेका छन ।
गायक रावलकाे आप्नै शब्द संगीतमा रहेकाे देउडा गितमा पर्यटन व्यावसायी युवा दिपक रावल र सुदूरकी चर्चित माेडेल झरना बाेहराकाे उत्कृष्ट अभियान रहेकाे छ ।

याे गितकाे अडियो २०५९ सालमा रेकर्ड गरीएकाे थियो । तत्काल क्यासेटकाे जमानामा अत्यन्त चलेको गित भयका कारण भिडियो छायांकन गरि दर्शक माझ ल्याएकाे भन्दै आफुले दर्शककाे माया पाईरहने गायक नरेन्द्र रावलले बताउनुभयाे ।

सुदूर पश्चिमकाे अछाम जिल्ला मंगलसेन नगरपालिका १० जुपुमा २०३८ सालमा जन्मिनु भएका नरेन्द्र रावलका हरेक देउडा गीत संगितमा आफ्नै माैलिकता र नयाँ पनकाे झल्काे देखिन्छ ।
यस अघि उनले फुलिजा शांन्तिका फुल, सिरानी मा आसु, धन्य पिरतिका खेल, अपुरा सैना लगायत दर्जन भन्दा बढी गीती क्यासेटहरु बजारमा सार्वजनिक गरेका थिए ।
कुनै बेला बजारमा देउडा गीत संगित बजारमा ठप्प हुदा रावलले सुदुर पश्चिम मेरा ढकमक्क फुली, गाैड्या भेट जस्ता लाेकप्रिय गीत बजारमा ल्याउन सफल भएका थिए । रावलका गीतहरुले उनलाई दर्शक श्राेताकाे माझमा निकै लोकप्रिय बनाएका छन ।
हेर्नुहोस भिडियोः
