नवौं इण्डो नेपाल खुला कराते शुक्रबारदेखि

Purnima Mobile
Kirci Gyan Kendra

काठमाडौं

Samajik New Add 2082

नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो-संघको प्राविधिक सहयोगमा शुक्रबारदेखि इण्डो नेपाल खुला कराते प्रतियोगिताको नवौं संस्करण सुरु हुने भएको छ ।

Mellekh RM1
Saud Agro Kailash

बुढानीलकण्ठस्थित स्कुलको प्रांगणमा शुक्रबार र शनिबार हुने प्रतियोगितामा नेपाल र भारतका २५० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक इन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगितामा नेपालका २२४ र भारतका ३२ जना खेलाडीले काता र कुमुते विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुमुतेतर्फ महिला र पुरुषको १२–१२ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

कातामा परुष र महिलाको एकल काता समावेश गरिएको छ । २४ स्वर्ण, २४ रजन र ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.