रुसी विदेशमन्त्रीले जी–२० सम्मेलन छोडेलगत्तै युक्रेनको राजधानी किएभमा आक्रमण

Kirci Gyan Kendra

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० सम्मेलनमा सहभागी विश्वका शीर्ष नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

युक्रेनको राजधानी किएभमा क्रुज क्षेप्यास्त्र प्रहार भएको अपुष्ट विवरण बीबीसीले उल्लेख गरेको छ । आक्रमणबाट किएभमा एक जनाको ज्यान गएको छ भने कम्तीमा दुईवटा आवासीय भवनमा क्षति पुगेको छ । रुसले युक्रेनका अरु केहि सहरमा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ ।

जी–२० सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरेका छन् । सम्मेलनमा रुसको प्रतिनिधित्व गरेका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ बाली छाडेसँगै आक्रमण भएको खबरमा उल्लेख छ । सम्मेलनमा उहाँले पश्चिमा देशहरूले ‘राजनीतिकरण’ को प्रयास गरेको टिप्पणी गर्नुभएको छ ।

युक्रेन युद्धमा भएको क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले अस्वीकार गरेको छ । हिजोदेखि सुरु भएको सम्मेलन आज सकिँदैछ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.