अमेरिकाले यसरी सम्झियो सेप्टेम्बर ११ को त्रासद घटना

एजेन्सी ।
अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो । सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ ।

न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्रासदीको सम्झना गरेका छन् ।

पहिलो मौनधारण बिहान ८: ४६ मा गरिएको थियो । २० वर्षअघि यही समय प्लेन वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा पहिलो विमान हमला भएको थियो । ९: ०३ मा फेरि अर्को मौन धारणा गरियो । यतिबेला अपहरणकारीले दक्षिण टावरमा विमान ठोक्काएका थिए । ९:३७ मा अर्को मौनधारण गरियो । यस समय अपहरणकारीले पेन्टागन हमला गरेका थिए, त्यहाँ प्लेन जमिनमा गिर्दा १ सय ८४ जनाको मृत्यु भयो ।

१०: ३० बजे पेन्सिलभेनियास्थित सन्क्सभिल्लीमा चौथो प्लेन गिरेको थियो, अपहरणकारीसँग यात्रुहरुले झगडा गर्दा यो प्लेन खुला मैदानमै दुर्घटनामा पर्यो । यस हमलाको योजना अल कायदाका नेता ओशामा बिन लादेनले बनाएका थिए । २०११ मा पाकिस्तानको अबोट्टाबादमा लादेनलाई अमेरिकी सैनिकहरुले मारेका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.