उतारचढाव पछि सामान्य बढेर रोकियो नेप्से, नौ अर्ब २९ करोडको कारोबार

Samajik Bal biwaha

काठमाण्डौः

शेयर बजार परिसूचक नेप्सेमा आज साेमवार दिनभर उतारचढाव देखिएको छ । बिहान ११ बजेर ३४ मिनेटमा नेप्से दुई हजार नौ सय ८४ विन्दुसम्म पुगेको थियो । तर साढे २ बजेदेखि घट्न थालेको नेप्से बन्द हुने बेलामा भने फेरि सामान्य बढेकाे छ ।

Mangalsen Mun Anurodh

नेप्से आज शून्य दशमलव २७ अङ्कले बढेर दुई हजार नौ सय ४७ दशमलव ६९ विन्दुमा पुगेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहकाे शेयर सामान्य बढेको छ । जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी समूहकाे शेयर घटेको छ ।

आज अजोड इन्सोरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानीमा लाइफ इन्सोरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ५६ लाख ८१ हजार कित्ता शेयर नौ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.