राष्ट्र बैङ्कले असोज ४ देखि नयाँ नोट वितरण गर्ने

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो ।

Samajik New Add 2082

राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो ।

विगतका वर्ष नौरथा लागेपछि मात्र नयाँ नोट वितरण गर्दै आइएको थियो सर्वसाधारणका लागि असोज ४ देखि असोज २४ सम्म नयाँ नोट वितरण गर्न लागेको जानकारी दिँदै राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बैङ्क तथा वित्तीय संस्थालाई भने एक साता अगाडि बाटै नयाँ नोट दिन थालिएको बताए ।

 

-Ratopati

Leave A Reply

Your email address will not be published.