‘हिजो आजका कुरा’ को प्रदर्शन कहिले ?

सामाजिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पर्खाइमा रहेको छ । निर्देशक साकार पन्तले फिल्म प्रदर्शनको लागि तयार रहेको जानकारी दिए ।

‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौँ । त्यसकारण हल संचालक, वितरकहरुसँग छलफल गरिरहेका छौं,’ निर्देशक पन्तले भने, ‘ कुरो मिले छिट्टै प्रदर्शनमा आउँछ ।’ चलचित्र विकास बोर्ड, हल संचालक, वितरक सबैले चाहेमा अहिलेको अवस्थामा पनि आफू फिल्म रिलिजका लागि दिन तयार रहेको निर्देशक पन्तको भनाइ फरक रहेको छ । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा तयार फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सबिन शाक्यलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

रवि सायमीको छायाँकन, सन्दीप किस्नाको पटकथा रहेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र हुन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।

 

-Ratopati

Samajik New Add 2082
Leave A Reply

Your email address will not be published.