नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय समितिको बैठक बस्दै


५ असोज ।


एमालेबाट बिद्रोह गरी माधव कुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीको पहिलो केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यलय नयाँ बानेश्वर आलोकनगरमा बस्ने छ ।
गत भदौ ९ मा पार्टी औपचारीक रुपमा दर्ता भएपछि यो पार्टीले पहिलो पटक केन्द्रीय समितिको बैठक आव्हान् गरेको हो ।
केन्द्रीय समितिको बैठकमा पार्टी गठन भएपछिको सांगठनिक अवस्था, वर्तमान राजनीतिक परिस्थिति, सरकारमा सहभागीता र नेताहरुको जिम्मेवारी विभाजन र हेरफेरमा केन्द्रीत हुन सक्ने बताईएको छ ।
पार्टीमा ११३ जना केन्द्रीय सदस्य रहेका छन् ।
सो पार्टीले एक महिनाको अवधिमा ५५ जिल्ला कमिटि गठन गरीसकेको छ ।

-MirmireOnline
