दशैँ अगाडि सबै हल चल्छ : अध्यक्ष दाहाल

काठमाडौं ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले दशैँ अगाडि नै देशभरका हल खुल्ने बताएका छन् । उनले दशैँ अगाडि सबै हल खोल्ने र फिल्म रिलिजको लागि ब्यवस्था समेत भएको जानकारी दिए ।

Everest Incitute

शनिबार नेपाल चलचित्र कलाकार संघको सम्पन्न १८ औं साधारण सभामा बोल्ने क्रममा बोर्ड अध्यक्ष दाहालले मरणोपरान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयमा आयोजित कार्यशालाहरूमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्काले आफ्नो कार्यकालमा भएको कलाकार संघका गतिविधि र कार्य प्रगतिबारे जानकारी दिएका थिए । कार्यक्रममा बरिष्ठ कलाकार वसुन्धरा भुसाल, मदन दास श्रेष्ठ लगायतले कलाकारको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण कार्यक्रम निर्धारित मिति भन्दा कही ढिलो हुन गएको जानकारी दिएका थिए ।

-ratopati

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.