पश्चिमाले हामीलाई एक्लै छाडे : युक्रेनी राष्ट्रपति

Kirci Gyan Kendra

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा शक्तिले आफूहरूलाई एक्लै छाडेको गुनासो गरेका छन् । रूसले युक्रेनमाथि लगातार आक्रमण गरिरहँदा नेटो लगायत कतैबाट सहयोग नमिलेपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

Samajik New Add 2082

जेलेन्स्कीले भने, ‘हाम्रो पक्षमा लड्ने को छ ? म कोही पनि देख्दिनँ। युक्रेनलाई नेटो सदस्यताको ग्यारेन्टी गर्न को तयार छ? सबै डराए ।’ आफूले युरोपेली संघ (ईयू)का का सबै देशहरूलाई यो विषयमा सोधे पनि निरुत्तर भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘मैले २७ युरोपेली नेतालाई सोधेँ‚ युक्रेन नेटोमा सामेल हुन्छ कि हुँदैन? कसैले जवाफ दिएनन् र सबै डराउँछन्। हामी कसैसँग डराउँदैनौं, न त हामी देशको रक्षा गर्न डराउँछौँ न रूससँग नै । दु:खका साथ भन्नुपर्दा अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ भने ३१६ जना घाइते भएका छन् ।’

Saud Agro Kailash

शुक्रबार उनले किभ छोडेर कहीँ पनि नजाने वचनबद्धता व्यक्त गरेका छन्। युक्रेनमा द्वितीय विश्वयुद्धपछि सबैभन्दा भीषण युद्ध भएको उनले चर्चा गरेका छन् । हाल राजधानी किभ प्रवेश गर्दै गरेका रूसी सैनिकलाई युक्रेनी सैनिकले रोक्ने प्रयास गरेका छन्। रूसले युक्रेनको जल, थल र आकाश तीनै क्षेत्रमा आक्रमण गर्दै आएको छ । रूसले बिहीबारदेखि नै युक्रेनका कैयौँ शहरमा गोलाबारी र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रूसी सेनाको हस्तक्षेपको विरोध गरे पनि अमेरिकी सेना त्यहाँ नजाने बताएका छन् । यसैगरी उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले युक्रेनमा सेना नपठाउने स्पष्ट पारेको छ। नेटोका महासचिव जेन्स स्टोल्टबर्गका अनुसार नेटोले आफ्ना सैनिक दोनेत्स्क र लुहान्स्कमा पठाउन सक्ने तर युक्रेनभित्र नपठाउने निर्णय गरेको जानकारी दिएका छन् । बिहीबार बसेको नेटोको आपत्कालीन बैठकमा उक्त निर्णय भएको थियो ।

यो युद्धका कारण एक लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ। बिहीबार अबेरसम्म रूसले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो । शुक्रबार सम्बोधनमा जेलेन्स्कीले भावुक हुँदैदुश्मनको पहिलो निशाना आफू र दोस्रो निशाना आफ्नो परिवार भएको बताएका छन्। रूसले युक्रेनलाई राजनीतिक रूपमा देशको राष्ट्रपतिलाई ध्वस्त पार्न चाहेको बताउँदै आफू कतै नजाने दाबी गरेका छन् ।

-thahakhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.