कोलोम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

कोलोम्बियालाई पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका- २०२४ को उपाधि रक्षा गरेको छ । कोलम्बियालाई पराजित गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ उपाधि उचालेको हो ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा कोलोम्बियामाथि १–० संर्घषपूर्ण जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको हो ।

खेलको १ सय १२ औँ मिनेटमा लउतारो मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपाको उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ६६ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले चोटक बोक्दै मैदान छाडेका थिए ।

कोलोम्बियाको हारसँगै २७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।

फाइनल खेल सोमबार बिहान निर्धारित समयभन्दा करिब ७५ मिनेट ढिला गरि सुरु भएको थियो । अर्जेन्टिना र कोलोम्बियाबिचको फाइनल हेर्न दर्शकहरु खेल सुरु हुनुभन्दा निकै अघि स्टेडियममा पुगेका थिए ।

तर बिना टिकटका दर्शक पनि स्टेडियम छिर्न खोजेपछि केहीबेर तनावको स्थिती उत्पन्न भएको थियो ।

आयोजकले समर्थकलाई नियन्त्रित रहन बारम्बार आग्रह गरेपनि अनियन्त्रित व्यवहार गर्ने दर्शकलाई बाहिर निकालिने वा गिरफ्तार गर्ने चेतावनी समेत दिएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.