१७८ जना सवार अमेरिकी विमानमा आगलागी

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ।

Samajik New Add 2082

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ १७२ यात्रु र विमानस्थलमा र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो।

तर विमानसका सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्।

इन्जिनमा समस्या आएका कारण आगो लागेको उनीहरूको भनाइ छ। आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो।

विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.