अफगानिस्तानमा ठुलो मानवीय संकट आउन लाग्यो : संयुक्त राष्ट्रसंघ

Kirci Gyan Kendra

एजेन्सीः
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको बताएको छ। राष्ट्रसंघले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ। यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ।

Samajik New Add 2082

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले उक्त विषयमा विश्वको ध्यानाकर्षण गराएका बताइएको छ। सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन्।

Saud Agro Kailash

गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए। त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ। अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको राष्ट्रसंघले जनाएको छ।

महासचिव गुटर्रेसले उक्त सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताए। उनले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताएका थिए। यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठूलो जोखिममा परेका भन्दै उनले भने‚ ‘हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ।’

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसंघले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न पुगे भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ। तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए। हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ।

 

-थाहाखबर

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.