भारतमा एकैदिन दुई करोडभन्दा बढीलाई खोप

भारतमा केन्द्र सरकारले एकै दिन दुई करोड बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । शुक्रबार ९ घण्टाको अवधिमा २ करोड बढीलाई खोप दिइएको भारतीय संचारमाध्यमले जनाएका छन्।

Samajik New Add 2082

कोरोनाबारे जानकारी दिने सरकारको आधिकारिक ट्वीटर ह्याण्डलमा यसबारे जानकारी दिँदै लेखिएको छ, ‘भारतमा आज ९ घण्टाभन्दा कम समयमा दुई करोडभन्दा बढी भ्याक्सिन दिएर नयाँ उपलब्धी हाँसिल गरिएको छ।’

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सत्तारुढ भारतीय जनता पार्टीले कोरोना खोप लगाउने अभियान चलाइरहेको छ।

यसअघि अगस्ट २७ अगस्ट ३१ र सेप्टेम्बर ६ मा देशमा एक करोड भन्दा धेरै खोप डोज दिइएको थियो।

 

-Thahakhabar

Leave A Reply

Your email address will not be published.