ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अफगानिस्तानबाट आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता हुनुभन्दा केही दिनअघि गरेको ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाले स्वीकार गरेको छ।

Samajik New Add 2082

२९ अगस्टमा इस्लामिक स्टेट–केका आक्रमणकारीलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा एक सहायताकर्मी र उनको परिवारका ९ जना मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले आफ्नो अनुसन्धानपछि बताएको हो। मारिनेमा सात बालबालिका थिए। सबैभन्दा कम उमेरकी सुमाया मात्रै दुई वर्षकी थिइन्।

काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको केही दिनमा ड्रोन आक्रमण भएको थियो।

अफगानिस्तानमा २० वर्ष लामो सैन्य अभियान अन्त्य गर्नुअघिको अन्तिम ड्रोन आक्रमण सैन्य गतिविधि थियो।

इस्लामिक स्टेट (आइएस) को स्थानीय समूह आइएस–केका लडाकु रहेको ठानी अमेरिकी गुप्तचर निकायले सहायताकर्मीको कारलाई ८ घण्टासम्म निगरानी गरेको थियो। त्यसपछि आक्रमण भएको थियो। तर सो आक्रमणमा आफूहरु चुकेको र निर्दोष सर्वसाधारणको ज्यान गएको अमेरिकी सेन्ट्रल कमाण्ड जनरल केनिथ म्याकेन्जीले बताएका छन्।

कारमा रहेको पानीको कन्टेनरलाई विस्फोटक पदार्थ जस्तो ठानेर आक्रमण गर्दा दुर्घटना भएको अमेरिकाले जनाएको छ।

-Deshshanchar

Leave A Reply

Your email address will not be published.