रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनको दाबी

Kirci Gyan Kendra

एजेन्सीः

Samajik New Add 2082

रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ ।

Saud Agro Kailash

ओडेसा क्षेत्रमा एक बालकसहित कम्तीमा २० जनाको ज्यान गएको युक्रेनी अधिकारीको दाबी छ ।

आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

क्षेप्यास्त्र प्रहार भएका बेला उनीहरु नौ तले भवनमा रहेका थिए । नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकले जीवित हुनसक्ने व्यक्तिको खोजी गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

रुसले केही दिनयता युक्रेनी सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको खबरमा उल्लेख छ । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरेको प्रतिक्रिया दिनुभएकाे छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.