कस्तो छ २९ हजारमा पाइने रियलमी–८ स्मार्टफोन ?

Purnima Mobile
Samajik Bal biwaha

रियलमी नेपालले हालै बजारमा नयाँ स्मार्टफोन ‘रियलमी–८’ भित्र्याएको छ।

Mangala Bharna

कम्पनीले यसअघि नै ८ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको रियलमी–८ सार्वजनिक गरिसकेको थियो। अहिले भने बजारमा ६ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको नयाँ मोडल आएको हो।

Mellekh RM1

आज हामी यही नयाँ रियलमी–८ का फिचरबारे कुरा गर्दैछौं।

हामीसँग अहिले साइबर सिल्भर रङको रियलमी–८ फोन छ। बजार हामीले यो फोन साइबर ब्ल्याक रङमा पनि पाउन सक्छौं। यो फोनको पछाडिको भाग निकै चम्किलो र स्मुथ छ। यसमा ‘डेयर टु लिप’ भन्ने ट्याग पनि लेखिएको छ। जसले फोनको डिजाइनलाई दमदार देखाएको छ।

यो फोनको मोटाइ ७.९ एमएम छ। यसको तौल भने जम्मा १७७ ग्राम छ। त्यसैले हामीले यसलाई सजिलै आफ्नो हातमा बोक्न वा पकेटमा राख्न सक्छौं।

यसपटक कम्पनीले रियलमी–८ मा खासै नयाँ फिचर थपेको छैन। ६.४ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको यो फोनमा ६० हर्जको रिफ्रेस रेट छ। यसमा एक हजार निट्सको ब्राइटनेस छ र फिंगरप्रिन्ट स्क्यानर भने स्क्रिन मुनि छ।

Saud Agro Kailash

क्यामराको कुरा गर्दा रियलमी–८ को पछाडितिर चारवटा क्यामरा देख्न सक्छौं। जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको बि एन्ड डब्लु सेन्सर छ। क्यामराको अन्य फिचरमा टिल्ट सिफ्ट मोड, स्टेडी मोड र डाइनामिक बोक्हे पाउन सकिन्छ।

यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ। यसमा सुपर नाइटस्केप, एआई ब्युटी, पोट्रेट र एचडीआर मोड फिचर छ। यी क्यामरा फिचरबाट हामीले राम्रै फोटोहरू खिचेका छौं।

कम्पनीले रियलमी–८ मा उही पुरानो अक्टाकोर मिडियाटेक हेलियो जी–९५ चिपसेट राखेको छ। त्यसैले यसको पफर्मेन्समा पनि त्यस्तो नयाँ केही पाएनौं।

हामीसँग भएको यो मोडलमा ६ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज छ। माइक्रोएसडी प्रयोग गरेर यसको स्टोरेज २५६ जिबीसम्म बढाउन सकिन्छ। साथै बजारमा हामीले ८ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको मोडल पनि पाउन सक्छौं।

यो फोनको खास विशेषता भनेको यसमा ५००० एमएएचको ब्याट्री छ। जुन ३० वाटको डार्ट चार्जसहित आएको छ। यसले फोन एक घन्टामै पूरा चार्ज हुने कम्पनीको दाबी छ।

अब फोनको मूल्यबारे कुरा गरौं। नेपाली बजारमा ६ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको रियलमी–८ को मूल्य २८ हजार ७ सय ९९ रुपैयाँ तोकिएको छ। ८ जिबी र्‍याम र १२८ जिबी इन्टरनल स्टोरेज भएको मोडल भने योभन्दा अलि महँगो पर्न सक्छ।

त्यसैले यदि तपाईं ३० हजारभन्दा कम मूल्यमा राम्रो फिचर भएको फोन किन्ने सोच्दै हुनुहुन्छ भने रियलमी–८ स्मार्टफोन ठीक रोजाइ हुनसक्छ।

 

-Setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.