पहिलाकै कानुन लागू हुन सक्छ : तालिबान

८ असोज, काठमाडौं ।
तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् ।

Samajik New Add 2082

तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन् । यद्यपि सार्वजनिकस्थानमा भने यस्तो सजाय नदिइनसक्ने उनको भनाइ छ ।

एसोसिएट्स प्रेस (एपी)सँगको अन्तर्वार्ताको क्रममा उनले अफगानिस्तानको नयाँ शासनमा कुनै किसिमको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिएका छन् ।

‘सबैले हामीले स्टेडियममा सजाय दिने गरेको भन्दै हाम्रो आलोचना गर्दै आएका छन् तर हामीले कहिले पनि उनीहरुको नियम र सजायको विषयमा केही भनेका छैनौं’, उनले भने, ‘कसैलाई पनि हाम्रो कानुन कस्तो हुनुपर्छ भन्ने अधिकार छैन । हामी इस्लामलाई पछ्याउँछौं र कुरानअनुसार नै हाम्रो कानुन बनाउँछौं ।’

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अहिले विश्व समुदायले नै उसले अफगानिस्तानमा यसअघिको जस्तै कठोर किसिमको नियम लगाउँछ कि सुधारिएको नियम लगाउँछ भन्ने नियालिरहेका छन् ।

टुराबी यसअघिको तालिबानको शासनकालमा कानुनमन्त्री थिए । उनी अहिले उमेरले ६० को दशकमा छन् । उनले यसअघिको पालाको जस्तै सजाय पुनः दोहोरिने बताए । ‘हात काटिदिनु सुरक्षाको हिसाबले निकै आवश्यक छ । यस किसिमको सजाय सार्वजनिक स्थलमा गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा अध्ययन भइरहेको छ र नयाँ नीति बनाइनेछ ।’

टुराबीले यसपटकको तालिबानको शासनमा केही परिवर्तन भने हुने बताए ।

-onlinekhabar

Leave A Reply

Your email address will not be published.