श्रीलङ्कामा सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो । त्यहाँका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले अत्यावश्यक एवम् अन्य किसिमका शल्यक्रिया स्थगित भएको घोषणा गर्नु भएको छ ।

Everest Incitute

औषधि र स्वास्थ्य उपकरणको अभावलाई तत्कालै सम्बोधन गर्न नसके स्वास्थ्य अवस्था केही हप्ता भित्रै गम्भीर सङ्कटमा पर्ने त्यहाँको मेडिकल एसोसिएशन र राष्ट्रिय व्यावसायिक चिकित्सा सङ्घले चेतावनी दिएको छ । आर्थिक सङ्कटको असर श्रीलङ्काको स्वास्थ्य क्षेत्रमा पनि पर्न थालेको छ ।

विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि डाक्टरको अभावको सामना गरिरहेको छ । त्यहाँ औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्काकाले कुल आवश्यकताकाे झण्डै ८५ प्रतिशत औषधि आयात गर्ने गरेको थियो । तर, आर्थिक सङ्कटका कारण आयात रोकिएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.