दार्जीलिङको राजनीतिमा उदायो नयाँ पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’

Kirci Gyan Kendra

दार्जीलिङ

Samajik New Add 2082

अनित थापाको नेतृत्वमा दार्जीलिङमा नयाँ राजनीतिक पार्टीको उदय भएको छ। पहाड र भारतीय नेपालीको राजनीतिमा नयाँ सोच नयाँ अवधारणा अघि सारेर नयाँ राजनीतिक पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’ गठन भएको हो।

दार्जीलिङको ईष्टदेव महाकाल बाबाको मन्दिर नजिक सय वर्ष पुरानो जिमखाना क्लबको सकेटिङ हलमा आयोजित कार्यक्रमबीच नयाँ जोश र नयाँ उर्जाका साथ पार्टी गठन भएको हो।

दार्जीलिङ पहाडका पुराना राजनीतिज्ञ एवं पूर्व विधायक डी.के. प्रधानले विधिवत रूपमा नयाँ पार्टी ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा’ उदय भएको घोषणा गरेका हुन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीन रंगको झण्डाको मध्य भागमा पार्टीको विशेष प्रतीक चित्र अंकित गरिएको छ। जसमा हिमालयको माथिल्लो भागमा सूर्य, अंकित छ भने हिमालयदेखि तल निलो नदी बगेको, चियाको पात र सुइरो, हरियो वन अनि यी सबैलाई दुई खुकुरीले तल्लो भागबाट थामेको चित्र अंकित गरिएको छ।

Saud Agro Kailash

झण्डाको माथिल्लो भागको रंग पहेँलो, माझमा फुस्रो अनि तल्लो भाग गाढा रातो रहेको छ। झण्डाको प्रत्येक रङ्गले बेग्ला बेग्लै महत्व बुझाएको बताइएको छ। माथिल्लो भागको पहेँलो रंगले शुद्धता, बलिदान, मानवता, सौभाग्य अनि सहिष्णुता, माझको खैरो रंगले तटस्थता, प्रज्ञा, सौन्दर्य अनि धर्य अनि तल्लो भागको गाढा रातो रंगले साहस, वीरता, स्वतन्त्रता अनि सामाजिक परिवर्तन दर्शाउने उजागर गरिएको छ।

दार्जीलिङको राजनीतिमा सन् २००७ देखि साधारण रूपमा राजनीतिक यात्रा शुरु गरेर सन् २०१७ देखि नयाँ सोच नयाँ विचारद्वारा वैचारिक क्रान्तिलाई आह्वान गर्दै उदाएका अनित थापामा आज नयाँ जोश र नयाँ उर्जाका साथ देखिएका थिए।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्षको रूपमा सर्वसम्मतिका साथ अनित थापा चयन भएका छन्। नयाँ राजनीतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नाम घोषणापछि सर्वसम्मतिले अध्यक्ष चयन भएका अनित थापालगायत वरिष्ठ राजनीतिज्ञले मञ्चमा नयाँ झण्डा फहराए। ‘कर्म नै हाम्रो सिद्धान्त’को नारालाई पार्टीले प्राथमिकता दिएको छ।

नयाँ सोच र नयाँ अवधारणाबाट उदय भएको यस नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सामेल छन्। यस पार्टीमा विशेष गरि राजनीतिक क्षेत्रका केही पुराना अनुहार देखिए पनि अधिकांश नयाँ अनुहार देखिएका छन्।

जसमा साहित्य, सङ्गीत, सांस्कृतिक, खेलकुद, सामाजिक क्षेत्रमा सधैँ सक्रिय रहने बुद्धिजीवी, कार्यकर्ताहरुको सहभागिता रहेको छ।

राजनीतिमा योग्य व्यक्ति सक्रिय नरहँदा अयोग्य व्यक्तिको अधिनमा रहनुपर्छ भन्ने उनीहरुको भनाइ छ।

– सेतोपाटीबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.