इक्वेडरको जेलमा झडप, १०० भन्दा बढीको मृत्यु

काठमाडौं : इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ।

Samajik New Add 2082

इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए। विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो।

लागू औषध तस्करी सम्बन्धी शक्तिशाली म्याक्सिकन गिरोह इक्‍वेडरबाट संचालित रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। गत फेब्रुअरीमा पनि जेलभित्रै झडप हुँदा ७९ जना कैदीको मृत्यु भएको थियो।

-thahakhabar

Leave A Reply

Your email address will not be published.