लादेनको शव अमेरिकाले यसकारण समुद्रमै गाड्‍यो

ओबामाद्वारा फोटो सार्वजनिक नगर्ने निर्णय

Kirci Gyan Kendra

इस्लाम धर्मावलम्बीलाई मृत्युपछि चिहान बनाएर गाडिन्छ। अल–कायदाका नेता ओसामा बिन लादेनको भने चिहान भेटिँदैन। उनलाई जमिनमा नभई समुद्रमा गाडिएको थियो।

Samajik New Add 2082

२ मे २०११ मा अमेरिकी सेनाले ११ सेप्टेम्बर, २००१ मा अमेरिकाको ट्विनटावर वर्ल्ड ट्रेड सेन्टर र पेन्टागन आक्रमण घटनाका मुख्य व्यक्ति अल–कायदाका नेता ओसामा बिन लादेनलाई मार्‍यो। अमेरिकी विशेष सैन्य दस्ता युएस नेभीसिल (युनाइटेड स्टेट नेभी सी एन्ड ल्यान्ड) ले लादेनलाई पाकिस्तानको एबटाबादमा रहेको एक घरमा छापा मारेपछि बाहिर निकाल्यो। त्यहाँ उनी र उनको परिवारका केही सदस्य लुकेका थिए।

त्यसपछि अमेरिकाले लादेनको हत्या गर्‍यो। शव पहिचान गरेपछि सेनाले हेलिकप्टरमार्फत ल्याइएको लादेनको शव युएसएस कार्ल भिन्सन (सिभिएन–७०) बाट उत्तरी अरब सागरमा गाड्यो। बिन लादेनको शव गाड्ने निर्णय गर्दा अमेरिकाले राजनीतिक, धार्मिक र व्यवहारिक कारणलाई ध्यानमा राखेको थियो। त्यहाँ इस्लामिक अन्त्येष्टि प्रथा पालन गर्न मृत्युको २४ घण्टाभित्र शव गाड्नुपर्ने आवश्यकता थियो।

लादेन मारिएको पुष्टि गर्न अमेरिकाले फोटो खिच्नुपर्ने वा प्रमाण पेश गर्नुपर्ने प्रश्न उठ्यो। त्यसलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चलाखीपूर्ण ढंगले सामना गरे।

उनको चिहान पवित्रस्थल बन्ने डर

लादेनको शव जमिनमा गाडिए उनका अनुयायीका लागि पवित्रस्थल बन्न सक्छ। जब नेभीसिलले ५४ वर्षीय लादेनलाई मार्‍यो तब अमेरिकी सरकारका कारण उनलाई जमिनमा गाडिएन भन्ने तर्क असंगत थियो।

अमेरिकी अधिकारीहरूले लादेनको शव गाडिएको स्थल अनुयायीका लागि पवित्रस्थल बन्ने भएकाले समुद्रमा गाड्नु विकल्प नभएको बताए। तर अज्ञात देशले लादेनको शव लिन अस्वीकार गरेका कारण उनको समाधि समुद्रमा बनाइएको तर्क सञ्चारमाध्यमले उठाए। विभिन्न समयमा प्रकाशित लेखहरूले अज्ञात भनी नाम नखुलाइएको देश साउदी अरब भएको अनुमान गरेका छन्।

साउदी अरब बिन लादेनको जन्मभूमि थियो। इस्लामिक संस्कार पालना गर्नुपर्ने भएकाले अमेरिकासँग अन्य देशलाई सोध्ने समय थिएन अर्थात् मृत्युको २४ घण्टाभित्र अन्त्येष्टि गरिसक्नुपर्थ्यो।

‘यो हल्ला कहाँबाट आउँछ, मलाई थाहा छैन तर म यसमा विश्वास गर्दिनँ’, अमेरिकी विश्वविद्यालयका इस्लामिक अध्ययनका अध्यक्ष तथा बेलायत र आयरल्याण्डका लागि पाकिस्तानका पूर्व उच्चायुक्त अकबर अहमद भन्छन्।

‘साउदी अरबले इस्लामको एक रूपमा जोड दिन्छ।’ उनले भने, ‘यसले उच्च व्यक्तिको क्षेत्रलाई अस्वीकार गर्दछ।’ यसैले साउदी अरबले आफ्नो देशमा लादेनको चिहान तिर्थस्थल/धार्मिकस्थल बनोस् भन्ने चाहँदैनथ्यो।’ लादेन साउदी अरबका कट्टर आलोचक थिए।

अहमदका अनुसार अमेरिकी दृष्टिकोणमा नेभीसिलले लादेनलाई मारेको उत्तर पश्चिमी पाकिस्तानमा गाड्नु उपयुक्त थिएन। त्यस क्षेत्रमा पवित्रस्थल र धार्मिक क्षेत्रलाई शक्तिशाली प्रतीक मानिन्छ।

बिन लादेनको चिहान उनका अनुयायीका लागि महत्वपूर्ण प्रतीक बन्नसक्ने संयुक्त राज्य अमेरिकालाई डर थियो। यसबाट बच्न अमेरिकाले लादेनलाई समुद्रमा गाड्ने निर्णय गर्‍यो। यद्यपि अमेरिकाको यो कदम अधिकांश मुस्लिमलाई अन्त्येष्टि गर्ने तरिकाभन्दा पृथक् थियो।

अमेरिकी अधिकारीले भने इस्लामी परम्पराअनुसार नै लादेनको अन्त्येष्टि गरेको दोहोर्‍याइरहे।

Saud Agro Kailash

शव पखाली कपडाले ढाक्दै अन्त्येष्टि

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको प्रेस ब्रिफिङमा राष्ट्रपतिका सुरक्षा र आतंकवादविरोधी सहायक जोन ब्रेननले अमेरिकी अधिकारीले विशेषज्ञहरूसँग सल्लाह गरेर मात्रै लादेनको अन्त्येष्टि गरेको जानकारी दिएका थिए।

अमेरिकाले लादेनको शव इस्लामी उपदेश र प्रथाअनुसार अन्त्येष्टि होस् भन्ने चाहेर यसरी सल्लाह मागिएको अमेरिकी भनाइ छ। लादेनको शव पखाल्नुका साथै सेतो कपडामा बेरेर अरबी अनुवादकको सहायतामा समारोह आयोजना गरी मृत्यु भएको २४ घण्टाभित्र गाड्न लगाइएको थियो।

लादेनलाई समुद्रमा गाडिएको सम्बन्धमा मुस्लिम नेता तथा विद्वान्‌हरूको अलग अलग तर्क छ। कोही मानिस समुद्रमा मर्छ त्यसवेला समुद्रमा गाडिन्छ भन्ने कसैको तर्क छ। अन्यथा पैगम्बर मोहम्मदको जन्मस्थान मक्कातर्फ शिरानी बनाएर शव गाडिन्छ।

अर्कोतर्फ इस्लाम व्यवहारिक धर्म भएकाले विशेष परिस्थितिका लागि समुद्रमा अन्त्येष्टि गर्न अनुमति दिने तर्क छ।

लादेन कुख्यात भएकाले उनको चिहान पवित्रस्थल बन्ने चिन्ताका कारण समुद्रमा गाडेको तर्क आएको छ। लादेनको अत्येष्टिमा चालकदलका सदस्यसहित ठूलो नौसेना विमान सिभिएन–७० मा सानो समूहमा मानिस सवार थिए।

कार्ल भिन्सनमा एक दर्जनभन्दा कम नेतालाई मात्र बिन लादेनको शवदाहबारे जानकारी थियो। डेढ वर्षपछि अमेरिकी सेनाले इमेलमार्फत लादेनको शव इस्लामिक परम्पराअनुसार समुद्रमा अन्त्येष्टि गरेको जानकारी दिएको थियो।

लादेनको फोटो सार्वजनिक नगर्ने ओबामाको निर्णय

अमेरिकाले बिन लादेनको मृत्युको घोषणा गरेपछि प्रमाणका लागि लादेनको शवको फोटो सार्वजनिक गर्नुपर्ने माग उठ्यो। सीबीएसमा ६० मिनेट नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै राष्ट्रपति बाराक ओबामाले लादेनको तस्बीर सार्वजनिक नगर्नुको कारण खुलासा गरे।

‘लादेनका टाउकोमा गोली हानिएका धेरै ग्राफिक फोटा अतिरिक्त हिंसा र उत्तेजनाको रूपमा वा प्रचार उपकरणका रूपमा प्रयोग भइरहेका छन्। हाम्रा लागि यो सुनिश्चित गर्न महत्वपूर्ण छ।’ उनले भने‚ ‘हामी को हौं भन्ने होइन। हामी यो तस्बीर ट्रफीको रूपमा बाहिर देखाउँदैनौं।’

सन् २००३ मा सद्दाम हुसेनका दुई छोराको मृत्युपछि संयुक्त राज्य अमेरिकाले बनाएको नकारात्मक छवि र साथसाथै बिन लादेनलाई इस्लामिक अन्त्येष्टि दिने प्रयासका कारण तस्वीर सार्वजनिक नगर्ने निर्णय भएको हो।

अमेरिकी सेनाले उदय र कुसे हुसेनलाई मारेपछि उनीहरूले शवको ग्राफिक फोटो जारी गरेका थिए। उनीहरूको शव क्षतविक्षत बनाइएको थियो। यो इस्लामी परम्पराको विपरीत हुन गएको थियो।

करिब ११ दिनपछि उनीहरूको शव गाडियो। समाचार र मिडिया आउटलेटलाई समेत तस्वीर खिच्न अनुमति दिइएको थियो। यो धेरै इराकीका लागि आपत्तिजनक थियो। अमेरिकाले मुस्लिमको शव भनी जानीजानी अनादर गरेको उनीहरूको बुझाइ थियो।

कोही व्यक्तिलाई अपराधका लागि मृत्युदण्ड दिइन्छ भने उसले सम्मानजनक अन्त्येष्टि पाउनुपर्ने इस्लाम विद्वानहरूको तर्क छ। अमेरिकी अधिकारीहरूका अनुसार बिन लादेनको अन्त्येष्टिको आलोचना भए पनि इस्लामी सिद्धान्तको सम्मानको प्रयास रहेको छ।

-thahakhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.