साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत

साफ च्याम्पियनसिप २०२१ नेपालले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको हो।

Samajik New Add 2082

माल्दिभ्स साफको साविक विजेता हो। नेपालको जितमा सब्सिच्युट खेलाडी मनिष डाँगी नायक सावित भए। उनले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए। विशाल राईले उपलब्ध गराएको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।

त्यसअघि खेलको ७९ मिनेटमा आयोजक माल्दिभ्सले अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो। हसन नाइजले सिक्स यार्डबाट हानेको प्रहार आकासिएको थियो। ७६ मिनेट अली फैजरको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे।

सुरुवातदेखि नेपालमाथि हाबी भएको माल्दिभ्सका अली अस्फाक पाएका अवसरमा चुकेका थिए। पहिलो हाफमा नवयुग श्रेष्ठले डिबक्समा अवसर पाए पनि उनले फितलो प्रहार गरेका थिए। जसका कारण माल्दिभ्सका गोलकिपरले सजिलै बललाई नियन्त्रणमा लिएका थिए।

यसअघि शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

-setopati

Leave A Reply

Your email address will not be published.