अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघेको छ।

Samajik New Add 2082

द न्युयोर्क टाइम्सका अनुसारका अनुसार कोरोनाविरूद्धको खोप सर्वसुलभ भए पनि अमेरिकीहरूले सहजै खोप नलगाएकाले कोरोनाबाट मृत्यु हुने क्रम नरोकिएको हो।

पछिल्लो समय कोरोनाबाट ज्यान गुमाउनेहरूमध्ये धेरै खोप नलगाएका मानिसहरू छन्।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार गत शुक्रबारसम्म अमेरिकामा कोरोनाबाट सात लाख बढी मानिसको मृत्यु भएको थियो।

गत जुनपछिमात्रै अमेरिकामा १ लाख मानिसले कोरोनाबाट ज्यान गुमाएका छन्। खोप लगाउने दर एकदमै कम भएका दक्षिणी राज्यहरू फ्लोरिडा, टेक्सास, मिसिसिपी, लुजियानामा पछिल्लो समय मृत्युदर बढेको छ।

अमेरिकी इतिहासमा कुनै महामारीबाट यति धेरै मानिस मरेको यो पहिलो पटक हो। सन् १९१८ र १९१९ मा फैलिएको इन्फ्लुएन्जा महामारीबाट अमेरिकामा लगभग ६ लाख ७५ हजार मानिसको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

कोरोनाबाट सात लाख नागरिकको मृत्यु भएकोपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गहिरो दु:ख व्यक्त गरेका छन्। उनले कोरोनाबाट हुने मृत्युलाई कम गर्ने एक महत्वपूर्ण औजार खोप भएकाले सबैलाई खोप लगाउन पनि अनुरोध गरेका छन्।

सन् २०१९को अन्त्यतिर चीनबाट सुरू भएको कोरोना महामारीबाट अमेरिकामा चार करोड ३६ लाख मानिस संक्रमित भएका छन्। कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति व्यहोर्ने मुलुक पनि अमेरिका नै हो। अमेरिकापछि ब्राजिललाई ५ लाख ९७ हजार र भारतमा ४ लाख ४८ हजार मानिसले कोरोनाका संक्रमणपछि ज्यान गुमाएका छन्।

-setopati

Leave A Reply

Your email address will not be published.